नुवाकोटमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा संचालनमा
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नुवाकोटमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त उप शाखा कार्यालय नुवाकोटको बट्टारमा शनिवार उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रदेश सभासद रमेश महत, उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठको सहभागितामा उप शाखा कार्यालयको उद्घाटन गरेको हो ।
कार्यक्रममा सीईओ भण्डारीले लघु बीमाको महत्वको बारेमा आफ्नो धारण व्यक्त गरेका थिए । कम्पनीबाट दिइने सम्पूर्ण सेवाहरु उपलब्ध यस उप शाखाबाट दिइने भण्डारीले बताए ।
Comments