कुमारी बैंकका ५ नयाँ शाखा विस्तार

कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा  यही  २०८० असोज १२ गतेबाट शाखाहरु सञ्चालनमा ल्याएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Comments

Back to top