पुरुषका लागि जैतुनको तेल वरदान

जैतुन अर्थात ओलिभको तेल पुरुषका लागि एकदमै फाइदाजनक हुन्छ भनेर अध्ययनमा देखिएको छ । यसको सेवन तथा मालिस गर्नु शरीरका लागि फाइदाजनक हुन्छ ।

आउनुहोस् जानौं, जैतुनको तेलले पुरुषलाई कस्ता फाइदा दिन्छ ।

यस तेलमा भएका औषधिय गुणले मांसपेशीलाई बलियो तथा लचिलो बनाउन सहयोगी हुन्छ । साथमा हड्डीलाई पनि बलियो बनाउँछ ।

खराब जीवनशैलीका कारण पुरुषमा थकान तथा तनाव बढ्न थाल्छ । जसले गर्दा कामेच्छा पनि कम हुन थाल्छ । यस्तो स्थितिमा जैतुनको तेलबाट बनेको भोजनको सेवन गर्दा एकदमै फाइदा गर्छ ।

यसले रगतको सञ्चार राम्रोसँग गराउँछ र कामेच्छा पनि वृद्धि हुन्छ । जैतुनको तेलले कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ जसले गर्दा तौल कम गर्न सहयोग मिल्छ । यस तेलको सेवनले हृदय सम्बन्धी समस्या पनि कम हुन्छ ।

जैतुनको तेलमा एन्टीब्याक्टेरियल तथा एन्टीअक्सीडेन्ट गुण राम्रो मात्रामा हुन्छ । जसले शरीरमा भाइरल संक्रमण आदिबाट जोगाउँछ ।

खानपानमा जैतुनको तेल नियमित प्रयोग गर्दा मधुमेह हुने खतरा पनि कम हुन्छ । यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ जसले गर्दा मधुमेहको समस्या हुँदैन ।

Comments

Back to top