नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनाीले पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा खोलेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिगेन्द्र रिमालले शाखाको उद्घाटन गरे ।
नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र रहेको नेपालगञ्जमा शाखा खोल्दै आफ्नो सेवा विस्तार गरेको छ ।
कारोबार सुरु गरेको साढे २ महिनामै सिइओ रिमालले शाखा विस्तारलाई अगाडि बढाएका छन् । बाँकि थप शाखा कार्यालय पनि विस्तार गर्दै लाने कम्पनीको आगामी योजना रहेको जनाएको छ ।
कम्पनीको चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको छ ।
Comments