तौल घटाउनको लागि यी सलाद हुन्छन् फाइदाजनक

बढ्दो तौलका कारण आजकल अधिकांश मानिस चिन्तित छन् । तौल घटाउनका लागि मानिसहरु धेरै उपाय अपनाउँछन् तर यसका बाबजुद पनि सफलता मिल्दैन ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार तपाईको आहारमा फाइबर र प्रोटिनको मात्रा सही मात्रामा समावेश गर्नुपर्छ जसले गर्दा तपाईको तौल स्वस्थ रहन्छ ।

यहाँ हामी तपाईलाई केही यस्ता स्वस्थ सलादको बारेमा बताउन गइरहेका छौँ जसको सेवनले तपाईको तौल घटाउन सहज बनाउँछ ।

यी सलाद तौल घटाउनका लागि फाइदाजनक हुन्छन्ः

चुकंदर सलाद– यो सलाद बनाउनको लागि तपाईलाई १ कप दही, १ काटेको प्याज, स्वाद अनुसार नुन र कालो मिर्च, पिसेको चुकन्दर चाहिन्छ। यी सबै चीजहरू राम्ररी मिलाउनुहोस्। दिउँसो वा बिहानको खाजामा यो सलादको नियमित सेवन गर्नुहोस्।

सेतो चना सलाद– सेतो चनाको सलाद बनाउनको लागि सबैभन्दा पहिले १ कप पकाएको चना, १ वटा प्याज, टमाटर र काँक्रो, १ चम्चा कागतीको रस, स्वाद अनुसार नुन र कालो मिर्च, सबै कुरा राम्ररी मिलाएर खानुहोस्।

अंकुरित गेडागुडीको सलाद– अंकुरित सलाद स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवन गर्नाले तौल घटाउन सहज हुन्छ, त्यसैले तौल घटाउन चाहनुहुन्छ भने यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुहोस्।

Comments

Back to top