नेशनल लाईफ इन्स्योरेन्सद्वारा स्मार्ट मोबाइल एपको सुरुवात

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले स्मार्ट मोबाइल एपको शुरुवात गरेको छ ।

कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरिन् ।

आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले इन्स्योरेन्सले मोबाइल एपको सुरुवात गरेको हो।

अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने बताइन् ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोबाइल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।

बीमितहरुले एप मार्फत बीमाशुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने साथै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सक्ने उनको भनाई छ ।

Comments

Back to top