बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू
धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्। बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।किसमिसलाई महमा मिसाएर बिहान सेवन गर्दा यो मिश्रणले अचम्मको स्वास्थ्य लाभ दिन्छ ।
१. रक्तअल्पत्ता रोक्छ
दुबैमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन र रातो रक्त कोशिकाहरूको निर्माणमा मद्दत गर्दछ । यो रक्तअल्पत्ता रोगीहरुका लागी एक महान संयोजन साबित हुन सक्छ ।
२. पेट स्वस्थ राख्छ
किसमिसमा प्रशस्त मात्रामा डायटरी फाइबर हुन्छ, जबकि महले सूजनसँग लड्न मद्दत गर्दछ । यसले तपाईंलाई बिहान बावेल मुभमेन्टलाई सहज बनाउनका साथै पेटसम्बन्धी समस्याहरूबाट बच्न मद्दत गर्छ । यो पेट फुल्ने, कब्जियत, अपच र अन्य पेट सम्बन्धित समस्याहरूको लागि रामबाण उपाय हो । यसले तपाईंको मेटाबोलिजम पनि बढाउँछ ।
३. हृदय रोगको जोखिम कम गर्छ
यो मिश्रण बिहान खाली पेटमा नियमित खाँदा कोलेस्ट्रोल कम रहन्छ । साथै, म्याग्नेसियम, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी दुवै हृदय रोगको लागि महत्त्वपूर्ण जोखिम कारक हुन् । यसले मुटुको स्वास्थ्यलाई बढावा दिन र हृदयाघात र स्ट्रोक आदिको जोखिम कम गर्न मद्दत गर्दछ ।
४. हड्डी र दाँत बलियो बनाउँछ
क्याल्सियम र अन्य औषधीय गुणहरूले भरिपूर्ण भएकोले, यो तपाईंको मुखको स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ । यसले मुखमा हुने हानिकारक ब्याक्टेरियालाई मार्छ र दाँतलाई बलियो बनाउँछ । हड्डी बलियो बनाउनुका साथै यसले जोर्नी दुख्ने र भाँचिने खतरा पनि कम गर्छ ।
५. शारीरिक कमजोरी हटाउँछ
यसले दिनभरको थकान, कमजोरी र आलस्यको समस्यालाई हटाएर ऊर्जावान बनाउँछ । साथै शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसको नियमित सेवनले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ र तपाईंलाई भाइरल समस्याबाट पनि सुरक्षित राख्छ ।
Comments