आइएमई मार्फत विदेशमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई मार्फत विदेशमा रहेका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।
विदेशमा रहेका नेपालीहरूले विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन् ।
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशी स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।
Comments