नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने सहमति
नेपाल चेम्बर अफ कमर्स र चाईना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।
पुर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनिँया लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । चिनियाँ निजी क्षेत्रसंग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे समेत चेम्बरले उच्चस्तरिय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी बर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।
सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपुर्ण हुने उनको भनाई छ । अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पुर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड समेत दिए ।
Comments