चितवनमा टाटाको नयाँ शोरुम सञ्‍चालनमा, टियागो इभी र पन्चको बिक्री आरम्भ

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्‍चालनमा ल्याएको हो।

सोही कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नयाँ गाडीहरुको बिक्री भरतपुरमा सुरु भएको छ।

समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्‍वास, चार्जिङ्ग र आराम अत्यधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन्। यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्‍ज अन्तर्गतको पन्चमा मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा विशेषता रहेका छन्। पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभी हो।

Comments

Back to top