युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको दसैँ तिहार योजना सार्वजनिक
युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दसैँ तिहार लाई लक्षित गर्दै बेकोको सौगात, सम्बन्ध प्रगाढ नामक योजना सार्वजनिक गरेको छ । जारी यो योजना सिमित अवधिका लागि लागू हुने जनाइएको छ ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ।
साथै सिङगल डोर रेफ्रिजीरेटरमा चोप्पर , डबल डोर रेफ्रिजीरेटरमा ईलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्ट्रिक प्रेसर कूकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाईन्छ। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।
त्यसैगरी शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्ने कम्पनीले जनाएको छ । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
Comments