कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

“चिल एन विन” को अपार सफलता पाएको कोका कोला नेपालले आकर्षक पुरस्कार जित्ने मौका दिँदै “चिल एन विन २.०” क्याम्पेन लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ ।

साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ । यस रोमाञ्चक क्याम्पेनले ग्राहकवर्गमाझ अनेकौं एक्साईटिङ्ग पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ । यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । यी कोडहरू “चिल एन विन २.०” क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ ।

सहभागीहरूले मेसेज बक्समा <COKE> <SPACE> <LABEL युनिक कोड > <SPACE> <FULL NAME>  टाईप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।

यो क्याम्पेन १ सेप्टेम्बर २०२३ मा सुरु भएको हो र ३१ अक्टोबरसम्म चल्नेछ । 

Comments

Back to top