यस्ता खानेकुराका कारण पिसाबबाट दुर्गन्ध आउन सक्छ
एउटा स्वस्थ व्यक्तिको पिसाब सफा पानी जस्तो वा हल्का पहेंलो हुने गर्छ । आमरुपमा यदि तपाईं भित्रदेखि स्वस्थ हुनुहुन्छ भने पिसाबबाट कुनै प्रकारको दुर्गन्ध आउँदैन ।
यदि पिसाबबाट दुर्गन्ध आउँछ भने कुनै समस्या हुन सक्छ । तर, कतिपय अवस्थामा केही खानेकुराका कारण पनि पिसाबबाट दुर्गन्ध आउने गर्छ । त्यस्ता खाना तथा पेय पदार्थको सेवनले पिसाबबाट दुर्गन्ध आउने गर्छ ।
कफी
दैनिक कफीको सेवन गर्नाले पिसाबबाट नराम्रो गन्ध आउने गर्छ । कफीमा केही त्यस्ता कम्पाउन्ड हुन्छन् जसले पिसाबमा कडा गन्ध आउने गर्छ । क्याफिन ड्यूरेटिक हुन्छ, यसलाई धेरै पिउँदा डिहाइड्रेशनको समस्या पनि हुन सक्छ ।
लसुन र प्याज
लसुन र प्याजमा सल्फरको मात्रा हुन्छ । जब यो क्यामिकल तपाईंको शरीरमा गएर टुक्रिन्छ यही कारणले गर्दा पिसाबबाट दुर्गन्ध निस्कन्छ । यो दुवै चीज धेरै मात्रामा सेवन गरेमा पिसाबबाट दुर्गन्ध आउने गर्छ । साथमा शरीरको अन्य भागबाट आउने पसिना पनि दुर्गन्धित हुन्छ ।
मसला
केही मसलाहरु जस्तो जीरा, बेसार, धनियाँको अत्यधिक सेवनले पनि पिसाबको रंग परिवर्तन हुनुका साथै दुर्गन्ध आउने गर्छ ।
तर, कतिपय अवस्थामा पिसाबनलीमा संक्रमण, मधुमेह, मिर्गौलामा पत्थरी आदिको कारणले पनि दुर्गन्ध आउने गर्छ । यो एउटा सामान्य जानकारी हो । तर, यदि लगातार पिसाबबाट दुर्गन्ध आउने गरेको छ भने चिकित्सकसँग सल्लाह लिनुहोस ।
Comments