आइएमईको ‘आइएमई गरौं,करोडपति बनौं’ योजना सार्वजनिक

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्ने छन्। त्यस्तै प्रत्येक महिना एकजनाले १ लाख नगद पाउने छन्। यसै गरी दसैं, तिहार तथा छठ पर्वमा १ हजार ८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।

आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा  रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन पाउने तथा योजना असोज २ देखि २०८१ भदौ मसान्तसम्म लागू हुने आइएमईले जनाएको छ।

 

Comments

Back to top