शास्त्रअनुसार सूर्यास्तपछि यस्ता चीज घरमा ल्याउँदा हुनेछ नकारात्मक दोष
शास्त्रहरूमा जीवन जिउनेदेखि लिएर कामकाजका कैयौं नियमहरू बताइएको छ । यी नियमको पालना हरेक व्यक्तिका लागि एकदमै जरुरी हुन्छ । यस्तै सूर्यास्तपछि केही काम गर्न पनि मनाही हुन्छ । यस्तो मान्यता छ कि सूर्यास्त पछि घरमा केही चिज ल्याउँदा दोष पैदा हुने तथा नकारात्मकता आउने शास्त्रहरूमा बताइएको छ ।
पत्रपत्रिका
सूर्यास्तपछि घरमा पुराना पत्रपत्रिका लिएर आउनु हुँदैन । केही मानिस घरमा पुराना पत्रिकाहरू ल्याउने गर्छन् । यसले घरमा नकारात्मकता बढाउँछ ।
घडी
सूर्यास्तपछि घरमा घडी लिएर आउनु हुँदैन । तपाईंको समय भाग्यसँग जोडिएको हुनाले सूर्यास्तपछि घडी ल्याउँदा भाग्य प्रभावित हुन्छ । यसका साथै बन्द भएको घडी घरमा राख्नु पनि हुँदैन ।
झाडु
सूर्यास्तपछि कहिल्यै पनि झाडु लगाउनुहुँदैन । साथै घरमा अँध्यारो पनि बनाउनुहुँदैन । यसको सीधा सम्बन्ध माता लक्ष्मीसँग हुन्छ । यस्तो गर्नाले माता लक्ष्मी रुष्ट हुन्छिन् । साथै साँझको समयमा झाडु किनेर ल्याउनु पनि हुँदैन ।
खिया लागेको चीज
ताला, फलामको पुराना चीज जसमा खिया लागिसकेको छ, यस्तो चिजलाई सूर्यास्तपछि घरमा ल्याउनुहुँदैन । यसले लक्ष्मी माता रिसाउने शास्त्रहरूमा लेखिएको छ ।
बेसार
सूर्यास्तपछि कसैलाई बेसार दिनुहुँदैन वा आफूले पनि ल्याउनु हुँदैन । यसले देवताहरू रिसाउँछन् । साथै, आर्थिक स्थितिमा पनि नराम्रो असर पर्छ ।
खण्डित मूर्ति
सूर्यास्तपछि घरमा कुनै पनि देवी देवताको खण्डित मूर्ती ल्याउनु हुँदैन । यसले घरमा वास्तु दोष पैदा हुने शास्त्रहरूमा बताइएको छ ।
काँडादार विरुवा
सूर्यास्तपछि घरमा काँडा भएका कुनै पनि बिरुवा ल्याउनु हुँदैन । यसले तपाईंको घरको आर्थिक स्थितिमा नराम्रो असर पर्छ ।
Comments