यामाहा नेपालको सर्वाधिक ठूलो ‘ब्लू स्क्वायर शोरुम’ भक्तपुरको कौशलटारमा
नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।
यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’ लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याइएको एमए डब्लुले जानकारी दिएको छ । यामाहाको ‘ग्लोबल मोटर स्पोर्ट्स लिगेसी’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रूपमा ‘ब्लू स्क्वायर’ शोरुमलाई लिईएको छ ।
ब्लू स्क्वायर शोरुममा प्रयोग गरिएको ‘ब्लू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसेरिज र एपेरल्स एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा ‘बेटर कस्टमर एक्सपेरियन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्सनाइल वान टु वान सर्भिस’ प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्रान्ड र उपलब्धतालाई महशुस गर्न पाउनुको साथै ‘डिजिटल टेक्नोलोजी’ मार्फत ‘क्यूआर कोड’ स्क्यान गरेर ब्रोसरहरू प्राप्त गर्न सकिनेछ ।
Comments