मल्टीभिटामिन धेरै लिँदा पनि हुन सक्छ बेफाइदा
मल्टीभिटामिन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । तर यसलाई धेरै मात्रामा खानाले शरीरमा नोक्सान पनि पुग्न सक्छ । अत्यधिक मात्रामा मल्टीभिटामिनको प्रयोगले शरीरमा हुने नोक्सानी बारे जानौं ।
धेरै मल्टीभिटामिन कलेजोका लागि फाइदाजनक हुन्छन्, तर यस्तो धेरै मात्रामा सेवन गर्दा कलेजोमै नराम्रो असर पनि पर्न सक्छ । शरीरमा धेरै भिटामिन ए भयो भने कलेजो सम्बन्धी समस्या आउन सक्छ ।
शरीरमा अत्यधिक मात्रामा भिटामिन सी वा जिंक हुँदा तपाईंलाई पखाला लाग्ने वा दिशा कालो हुने समस्या हुन सक्छ । यदि पहिले नै पेटसँग जोडिएको समस्या छ भने यस्तो भिटामिन लिनबाट बच्नुहोस् ।
आइरन अत्यधिक भएको भिटामिनको सेवनले पेटमा भएको एसिड उत्पादनलाई बढाउन सक्छ जसले गर्दा वाकवाकी हुने तथा वान्ता नै आउने समस्या पनि हुन्छ।
छालालाई स्वस्थ राख्नका लागि कतिपयले भिटामिन ई धेरै मात्रामा सेवन गर्छन्, जसले गर्दा छालामा भित्री रुपमा रक्तश्राव हुने खतरा रहन्छ ।
मल्टीभिटामिन धेरै लिँदा पेटसँग जोडिएका समस्या हुनु सामान्य कुरा हो । यस्तोमा पाचनसँग जोडिएको समस्या, कब्जियत, अपच वा पेट दुख्ने हुन सक्छ ।
Comments