राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । 

बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैँकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरे। 

यससँगै बैँकको देशभर २८२ वटा शाखा कार्यालय पुगेका छन् । त्यस्तै, बैँकको ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 

Comments

Back to top