कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत
कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । डिजिटल्ली एडिबीएल भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि रहेको छ ।
बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्जन एडिबीएल स्मार्ट जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । बैंकको नयाँ भर्जन एडिबीएल स्मार्ट मोवाईल बैंकिङमा निम्न वमोजिमका सुविधाहरु रहने बैंकले जनाएको छ ।
मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने । बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा म्याचुरिटी डेट हेर्न सकिने ।
विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने छ। मोवाईलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको छ । ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडबयाक सम्वन्धि व्यवस्था गरिएको छ ।
Comments