प्रयोग गरिएका फोनहरू बिक्री गर्न प्लेटफर्म प्रदान गर्दै दराज, ‘दराज लाइक न्यु’को सुरुआत
नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यू (डीएलएन)को घोषणा गरेको छ । दराजले भदौ १९ गते काठमाडौंको हयात प्लेसमा आयोजित कार्यक्रमका बीच डीएलएनको सुरुआत गरेको हो ।
बजारमा डीएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ यो नयाँ उद्यम सुरूआत गरिएको दराजले जनाएको छ ।
प्रयोग गरिएका फोनहरू बिक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँछ । यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ।
दराज लाइक न्यूले बजारमा नयाँ परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ । यस पहलले ग्राहकहरूलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित देखिने कम्पनीको विश्वास छ ।
Comments