अत्याधुनिक प्रविधिमार्फत जगदम्बाले सुरु गर्‍याे प्राइम बिलेट उत्पादन

जगदम्बा  इन्टरप्राइजेजले अत्याधुनिक एलआरएफ (लेडेल रिफाइनिङ फर्निस) प्रविधिमार्फत नेपालमै प्राइम बिलेट उत्पादन सुरु गरेको छ। भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक उत्पादन भएको कम्पनीको दाबी छ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफई ५००डी गुणस्तर फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ।  यस्तो डण्डी केवल प्राइम बिलेटबाट मात्र बन्ने कम्पनीले जनाएको छ।

जगदम्बाले जगशक्ति गोल्ड ब्रान्डमा एफई ५००डी डण्डी उत्पादन एवं बिक्री गर्दै आएको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बाले जिआई पाईप, ब्ल्याक पाईप, ट्युबुलार र पोल, हाइमास्ट पोल, फेव्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तु उत्पादन गर्दै आएको छ।

Comments

Back to top