शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। 

यो अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मोबाइल बैकिङ एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। 

यो अफर भदौ १५ गतेदेखि असोज १४ गतेसम्म लागू गरिएको छ। मोबाइल बैंकिङ एपमा उपलब्ध कनेक्टरआईपीएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ। सोको जानकारी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ। 

Comments

Back to top