शरीरका लागि भिटामिन बी ५ किन जरुरी हुन्छ ? जानौँ
अन्य पोषक तत्व जसरी भिटामिन बी ५ पनि तपाईंको शरीरलाई स्वस्थ तथा फिट राख्नका लागि एकदमै जरुरी हुन्छ ।
यहाँ हामीले शरीरका लागि भिटामिन बी ५ को किन आवश्यकता पर्दछ यो जान्ने कोसिस गर्नेछौं–
– शरीरकाे इम्युनिटी बुस्ट गर्नका लागि पनि पर्याप्त मात्रामा भिटामिन बी ५ को एकदमै जरुरी हुन्छ । यसले एन्टीब्याक्टेरियल गुणको रुपमा काम गर्दछ र यसले रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउँछ ।
– भिटामिन बी ५ भरपूर आहार लिनाले तपाईंको छाला प्राकृतिक रुपमा मोइस्चराइज हुन सक्छ । यसले छाला कोमल पनि हुन्छ ।
– मुटुसँग जोडिएका रोगहरुको जोखिम कम गर्नका लागि भिटामिन बी ५ एकदमै सहयोगी हुन्छ । भिटामिन बी ५ आहारमा लिनाले खराब कोलेस्ट्रोल घट्छ ।
– मेटाबोलिज्म बुस्ट गर्नका लागि तपाईंले भिटामिन बी ५ भएको डाइट लिनुपर्ने हुन्छ । यसले भोजनलाई एनर्जीमा बदल्ने काम गर्छ ।
– भिटामिन बी ५ पाउनका लागि गहुँ, ब्रोकाउली, मुंगफली, दुध, आलु, एवोकाडो तथा सूर्यमुखीका बीज आदिको सेवन गर्नुपर्ने हुन्छ ।
Comments