प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात स्विजरल्याण्डको आइसक्रिम ‘मुभएनपिक’ अब नेपाली बजारमा

उत्कृष्ट स्विस शिल्प कौशल र शतप्रतिशत प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात, मुभएनपिक आइसक्रिम नेपाली बजारमा उपलब्ध भएको छ ।

केएल दुगड समूहद्वारा आयात गरिएको सो आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेन्टका लागि नयाँ मापदण्ड सेट गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार यसले कुनै कृत्रिम तत्व, स्वाद वा स्टेबिलाइजरविना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ ।

साथै, काठमाडौंको ठमेलस्थित ठमेल– द कर्नरमा यसको पहिलो आउटलेटको उद्घाटन समेत गरिएको छ । सो स्टोर दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहने छ । साथै, शुक्रबार र शनिबार राति दुई बजेसम्म खुला रहने बताइएको छ । यो स्टोर आइसक्रिम उत्साहीका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।

Comments

Back to top