मोबाइल नम्बरमार्फत पैसा पठाउने सजिलो तरिका, फोन पेद्वारा ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” अभियानको घोषणा

‘फोन पे’ नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ ।

जसको उद्देश्य एक बैंकबाट अको बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको छ ।

“मोबाईल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधाररत यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबारे छिट्टो र सुरभिक्ष रहने कुरामा विशेष प्राथमिकता दिएको देखिन्छ ।

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्नेबारे शिक्षित गर्नु हो जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरु रहेका छन् । त्यसैको फलस्वरुप नेपालका विभिन्न बैैँकहरूमा फोन पे ले ग्राहकहरुलाई फोन पे डिरेक्टसम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरेको देखिएको छ । जसबाट चौतर्फी एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ ।

भाद्र महिनाभर चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पेको डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोन १४ प्रो को मेगा उपहारबाट पुरस्कृत गरिनेछ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहारद्वारा पुरस्कृत गरिनेछ ।

Comments

Back to top