नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोशो आयोजना गर्दैछ । नाडा अध्यक्ष डा धु्रवबहादुर थापाले अटोशोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिए । उनका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको जनाइएको छ। 

करिब २० अर्ब बराबरको कारोबार हुने शोमा ७५ हजार जनाले अवलोकलन गर्ने अनुमान गरिएको नाडाले जनाएको छ । 

Comments

Back to top