पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा भुटानको ‘ड्रुक एयर’ ले व्यवासायिक उडान गर्ने
पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा भुटानको ‘ड्रुक एयर’ ले व्यवासायिक उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा हप्तामा ७ फ्लाइट गर्नेछ ।
यसअनुसार एयरले पहिलो उडान ९ सेप्टेम्बरका दिन गर्नेछ । ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो ।
चीनको सिचुवान एयरलायन्सले यसअघि २१ जुनमा पोखरामा चार्टड फ्लाइट गरेको थियो । हाल यो एयरले १३ स्थानमा व्यावसायिक उडान भर्दै आइरहेको छ । २२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ ।
Comments