एनसेलले प्राप्त गर्यो अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३
एनसेल आजियाटा लिमिटेडले अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा एनसेलले सो अवार्ड पाएको हो ।
मार्केटिङ डोमेन इन्स्टिच्युसन क्याटेगोरी अन्तर्गत कम्पनीले यो अवार्ड पाएको छ । “यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो ।
नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो ।” उनले अगाडि भने, “हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिंदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्दै आएका छौं र त्यो कार्य जारी राख्नेछौं ।”
Comments