सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा पहिलो पटक डिजिटल प्रणालीबाट बीमा कारोबार शुरु

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्योट गर्न ‘एसपीआइएल-डीआईजीआई’ प्रणाली प्रचलनमा ल्याएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको यस प्रणालीको शुक्रबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले संयुक्तरूपमा शुभारम्भ गरे । 

नेपाली बीमा जगतमा पहिलो पटक डिजिटल प्रणालीबाट बीमा कारोबार शुरु गरिएको कम्पनीको दाबी छ । कम्पनीले सरल र सहज रूपमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार यस प्रणालीमार्फत बीमितहरूले अनलाइनबाटै बीमालेख खरीद गर्नुका साथै निश्चित रकम सम्मको बीमा दाबी फर्छ्योट गरी भुक्तानीसमेत प्राप्त गर्न सक्नेछन् । 

‘डिजिटल प्रविधिले कम्पनीलाई फाइदा हुनुका साथै बीमाको दायरा विस्तारमा पनि मद्धत गर्छ । प्राधिकरणले पनि कम्पनीहरूसँग डिजिटली कनेक्ट हुन कृषि बीमालगायत विभिन्न सफ्टवेयरहरूको काम अघि बढाएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

 

Comments

Back to top