भदौ २६ बाट सुरु हुने नाडा अटो शोमा विद्युतीय गाडी सेरेस ३ सार्वजनिक हुने

‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा प्रवेश गर्ने तयारी गरेको छ । विश्वका ७० वटाभन्दा बढी मुलुकमा उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीको बजार नेपाललाई आफ्नो नयाँ गन्तव्यको रूपमा अघि सारेको हो ।

इलेक्ट्रिक कारमा ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो सोमा सार्वजनिक हुन लागेको हो । एमएडब्लु ग्रुपले सेरेस ब्रान्डलाई नेपाल भित्र्याउन लागेको हो । हुवावे र सेरेसले केही साताअघि मात्रै आफ्नो साझेदारीलाई विस्तार गर्दै ईभी विकास गर्ने घोषणा गरेको थियो ।

यी दुई कम्पनीले यो वर्षको अन्तसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार मोडेल सार्वजनिक गर्ने योजना बनाएको थियो । हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य राखेको छ । 

आउँदो २६ भदौबाट सुरु हुने नाडा अटो सोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस–३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ । इलेक्ट्रिक कारको ‘एक्सेप्टेन्स’ एसियामै सबैभन्दा बढी (करिब ६० प्रतिशत) रहेको नेपाली अटोबजारमा सेरेसले चीन र युरोपमाझैँ सफलता पाउनेमा एमएडब्लू ग्रुप विश्वस्त छ ।

Comments

Back to top