सुताइ अनुसार थाहा पाउनुहाेस् तपाइँकाे दाम्पत्य जिवन कस्ताे ?
बैवाहिक जिवन मानिसकालागि अत्यन्तै आवस्यकीय र शुखमयी क्षणको रूपमा मानीदै आएको छ । यसले परीवारीक सम्बन्ध बलीयो बनाउनका साथै जिवनमा नयाँ उर्जा उत्पन्न हून्छ र समाजमा बेग्लै महत्व राख्छ । बिवाह पश्चात प्रत्येक दम्पतिहरू आफ्नो बैवाहिक जिवन सधैकालागि बलीयो र सुमधुर बनाउन चाहन्छन् । वैज्ञानिक अनुसन्धान अनुसार कसको बैवाहिक सम्बन्ध कती बलियो छ भन्ने आधार र प्रमाणहरू प्रसस्तै देखाएका छन् तर हालै गरिएको नयाँ खोज अनुसार सुताइको प्रकार अनुसार तपाइँको बैवाहिक जिवन कस्तो र कती बलीयो छ भन्ने देखाइएको छ ।
चम्चा आकारको सुताइ
यस्लाई अर्को अर्थमा भन्नपर्दा अर्ध-भ्रूण, यस्तो प्रकारको सुताइले तपाइँको बैवाहिक जिवनलाई शारिरीक सन्तुस्टि प्रदान गर्नुकासाथै निकटता पनि प्रदान गर्छ । बैवाहिक बन्धनमा बाधिँएका जोडिहरू तिन देखि ५ बर्ष सम्म यस प्रकारले सुत्ने गरेको अध्यनले देखाएको छ ।
सुहागरात पछिको सुताई
यस्ता प्रकारको सुताइले एक आपसमा प्रेम सम्बन्ध बलियो बनाउनुकासाथै यौन सम्बन्धपनि बलियो बनाउने काम गर्छ । यसले दुवैको सम्बन्धलाई गहिराईसम्म पुर्याउन मदत पनि गर्छ । कारणबस अलगिएर सुत्नुपरे अधिकांसले यहि पोजिसनलाई अपनाउने गरेको अध्यनले देखाएको छ ।
एक्लाएक्लै सुताई
आफ्नो बैवाहिक जिवनलाई बलियो बनाउन र भविष्यको बारे योजना बनाउन यस्तो प्रकारको सुताइले धेरै मदत पुर्याउन एक अध्यनले देखाएको छ । यस्ता सुताइ अधिक लामो समय भने नरहने अध्यनले देखाएको छ ।
अंगालोमा बेरीएको सुताई
यो एक प्रकारको आलिंगन सुताई मानिन्छ यस्ता प्रकारको सुताइले दुवैको बैवाहिक सम्बन्धलाई प्रागढ बनाउनका साथै घनिस्ठता बढाउन मदत पुर्याउँछ ।
थकान महसुस सुताई
यो दाइने फर्केर कोल्टे पाराले सुत्ने एक शैली हो । धेरै दम्पतीहरू यस्तो प्रकारको सुताइबाट आफुहरूलाई शुरक्षित महसुस गर्ने गर्छन् । यस्तो सुताइले दुबैको भावनालाई नजिक ल्याउने काम गर्छ र भविष्यमा दाम्पत्य जिवन सुखमयले गुजार्न मदत पुर्याउँछ ।
खुट्टा बोकाइने सुताई
अप्रत्यक्ष शारीरिक सम्पर्क स्थापित गर्न यस्तो सुताइले बैवाहिक जिवनमा धेरै मदत पुर्याउँछ । तर कहिलेकाहिँ आपसी विवाद पछि आफ्नो जिवनसाथीलाई फकाउन यस्तो प्रकारको सुताई प्रयोग हुने गरेको एक अध्यनले देखाएको छ। यो अधिक लामो समय नरहनेपनि एक अध्यनले देखाएको छ।
साझेदार सुताई
यस्तो सुताइले दाम्पतिय जिवनमा यौन सम्बन्ध बलियो बनाउन मदत पुर्याउनुकासाथै दुवै बिचको असमझदारी हटाइ नया प्रेम सम्बन्ध कायम गर्छ । बैवाहिक जिवनमा यसतो प्रकारको सुताइको धेरै महत्व मानिदै आएको छ र अधिकांस जोडीले यहि प्रकारलाई अंगाल्दै आएको एक अध्यनले देखाएको छ ।
जेन सुताई
यो एक प्रकारको अनौठो सुताई हो जसलाई फराकिलो महसुस गर्दै सुतिन्छ । यो दुवैबिच असमझदारी कायम पछि सुतिने प्रकारपनि मानिन्छ । आपसी मनमुटाव भएपछि यस्तो प्रकारको सुताइ प्रयोग हुने गरेको अध्यनले देखाएको छ । यो सुताई अधिक लामो समय नरहनेपनि अध्यनले देखाएको छ ।
फराकीलो महसुसको सुताई
आपसी मनमुटाव दैनिक बढेर जानु र दाम्पत्य जिवनमा खटपट पैदा भएपछि अधिकांस जोडीले एक अर्कालाई नछुने तरिकाले सुत्ने बिधी फराकिलो महसुस सहितको सुताई मानिन्छ । यो प्राय अधबैसको उमेरमा लागु हुने अध्यनले देखाएको छ । यस्तो सुताईबाट थहा हुन्छ कि बिवाहित जोडीको बैवाहिक जिवन संकटमा पर्दैछ । या अर्को अध्यनलाई मान्ने हो भने घुरेर सुत्ने दाम्पत्यहरू एक अर्कालाई डिस्टर्व नहोस भन्नका लागिपनि यस्तो सुताइको प्रयोग गर्ने गरेका छन् ।
गंगटो आकारको सुताई
दैनिक कामकाज पछि शरिरलाई थकान महसुस गर्दै सुतिने प्रकार हो गंगटो आकारको सुताई, आवस्यकता भन्दा बढी काम गरेपछि नव दम्पतीहरू यस्तो सुताई रूचाउने गरेको अध्यनले देखाएको छ । यस्ता प्रकारको सुताईले दुवैको यौन सम्बन्धलाई कमजोर बनाइ दैनिक झगडा र फौजदारी हुन सक्ने तथा यहाँसम्म की दुवैबिच अलग्गिएर बस्नुपर्ने बातावरण सिर्जना हुने अध्यनले देखाएको छ।
Comments