यस्तो छ संसारकै धनि व्यक्ति जेफ बेजोसको सफलताको दश सुत्रहरु !
जेफ बेजोसको नाम नसुनेको पनि हुन सक्छ तर तपाइले उनको वेवसाइट अमेजन डट कमको नाम पक्कै पनि सुन्नुभएको होला । यो कम्पनि २०२० मा २०० विलियन डलरको आकडा पार गरेर संसारकै पहिलो धनि व्यक्ति बन्न सफल भएका थिए ।
जनवरी १२, १९६४ मा जन्म भएको जेफ प्रेस्तन बेजोस एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन्। उनी अमेजनको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पति १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो, जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो, जसले माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्सलाई दोस्रो स्थानमा छाड्यो।
उनले सुरुवातमा अमेजन अनलाइनमा पुस्तक बेच्नको लागी सुरु गरेका थिए । पछि उनले पुस्तक देखि सबैथोक बेच्न सुरु गरे । जति बेला उनले कम्पनिको सुरुवात गरेका थिए त्यो समय उनको कम्पनिमा काम गर्ने कर्मचारी ३ जना थिए । आज हज्जारौँ छन् ।
कसरी उनि यति धनि अनि सफल बन्न सके त ? उनका सफलताको सुत्रहरु यस्ता छन्ः
१. संगत
जो आफैमा कुनै विचार सिप भएको व्यक्ति छैन्न, उनिहरुसंग संगत गरेर समय व्यर्थ फाल्नको निक्ति हाम्रो जिवन निकै छोटो छ ।
२. रुचिको काम गर्नु
मानिसले गर्ने एउटा ठूलो गल्ति भनेको आफुलो गर्ने काममा जबर्जस्ती रुची बढाउन खोज्दछन् । खासमा त तिमिले आफ्नो प्यासन रोज्ने होइन बल्कि प्यासनले तिमिलाई रोज्ने गर्दछ ।
३. प्रश्न गर्न सक्नु
व्यवसायको क्षेत्रमा प्रायः सोधिने प्रश्न हो 'यो किन गर्नु ?' यो निकै राम्रो पक्ष हो यधपी उत्ति नै वैध प्रश्न यो पनि हो कि 'हामीले यो किन नगर्ने ?'
४. गल्ति गर्न नडराउनु
यदि तिमिले ठूलो मात्रामा कुनै उत्पादन कुनै उत्पादन गर्न गइरहेका छौ भने यी चिज गर्नको निम्ति सधै तयार हुनु पर्नेछ । पहिलोः असफल हुन सधै तयार हुनु पर्नेछ । दोस्रोः क्षणिक नाफा होइन बरु लामो समयसम्मको लागि सोच्नु पर्ने हुनेछ अनि तेस्रो लामो समयको निम्ति सोच्दा म भविष्यको बारेमा गलत पनि हुन सक्छु भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्दछ ।
५. समयको व्यवस्थापन
तिमिले आफ्नो समय र उर्जा कँहा खर्च गर्ने भन्ने कुराले तिम्रो जिन्दगीमा भयंकर ठूलो असर पार्दछ ।
६. ग्राहक, नयाँ प्रडक्टको सुरुवात अनि धैर्य
अमेजन कम्पनिको लागि हामीसंग तिन ठूला उपायहरु थिए । त्यसलाई हामीले पुरै अठार वर्षसम्म पालन गर्दै रह्याैँ र त्यसैले नै ओमोजन कम्पनिलाई यति सफल बनाउन सक्यो। त्यो तिन उपायहरु थिए, सधै ग्राहकलाई पिहिलो प्राथमिकता दिनु, नयाँ प्रडक्टहरुको सुरुवात गर्नु अनि हरेक अवस्थामा धैर्य राख्न सक्नु ।
७. ध्यान
आफ्नो ध्यान र उर्जा ग्राहकमा खर्च गर अन्य प्रतिस्पर्धीहरुमा होइन ।
८. असफलता
असफलताले नयाँ आविष्कारको पाटो र पार्सल बोकेर आएको हुन्छ । असफलता विकल्प होइन, असफलता नभएसम्म सफल हुने कुनै माध्यम नै छैन ।
९ माथी उठ्नु
सबैभन्दा खराब चिज भनेको जहिँ छ त्याहिँ रहनु होः माथि उठ्न नखोज्नु हो ।
१०. सहि रोजाई
जति पनि तिमिले प्राप्त गर्दर्छौ त्यो तिमिले के रोज्दर्छौ त्यसमा भर पर्दछ यसैले सधै सहि रोजाई रोज्न सिक ।
Comments