पुरुषलाई पनि हुन सक्छ स्तन क्यान्सर ! यस्ताे हुन्छ लक्षण

स्तन क्यान्सर विशेषगरि महिलालाई बढी हुने कारण यसलाई महिलाकाे राेग मानिन्छ । यद्यपी याे राेग पुरूषमा पनि देखिने गर्छ । केही वर्षयता यस्ताे घटनामा वृद्धि भएकाे हाे । धेरैजसो स्तन क्यान्सर भएका पुरुष ६० वर्ष माथिका पाइएको छ ।

यदी कुनै पुरुषले आफ्नो छाती नजिकै रेडिएशन थेरेपी लिन्छन् भने ती पुरूषमा स्तन क्यान्सरको सम्भावना प्रबल देखिने भारतका क्यान्सर विशेषज्ञ डाक्टर जगदिश सिन्दे बताउँछिन् । उनका अनुसार यदि कसैकाे परिवारमा स्तन क्यान्सरकाे समस्या छ भने उनीहरूमा याे राेगकाे सम्भावना बढी हुन्छ । खराब जीवनशैली र केही जेनेटिक डिसअर्डरका कारण पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने उनकाे भनाइ छ ।

कस्ताे हुन्छ लक्षण ? 

छातीमा गाँठो बन्नु : यदि तपाईंको छातीमा गाँठो बनेको छ भने यसलाई नजर अन्दाज नगर्नुहोस् । यो स्तन क्यान्सरको लक्षण हुनसक्छ । यो गाँठो स्तनको मुन्टो वरिपरि पनि हुनसक्छ । साधारणतया यस्ता गाँठो दुख्दैनन् तर छुँदा कडा हुन्छन् । क्यान्सर बढ्दै गएपछि यो गर्धनसम्म सुन्निने गर्छ । यद्यपि, धेरैजसो गाँठो क्यान्सरका लक्षण हुँदैनन् तरपनि यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

डण्डीफोरजस्तो घाउ : स्तन क्यान्सरको ट्युमर छालाबाट पनि निस्कन सक्छ । क्यान्सर बढेको स्थितीमा निप्पलमा घाउ देखिने सक्छ । यो घाउ एउटा पिम्पलजस्तै देखिन्छ । यसका साथै स्तन वरिपरि गाँठो देखिनु वा छातीको छालाको रङ परिवर्तन हुने लगायतका लक्षण पनि पुरुषको स्तन क्यान्सरको संकेत हुनसक्छ ।

ट्युमर बढ्नुका साथै स्तनभित्र एक प्रकारको जकडिएको महसुस हुन्छ । यस्तोमा निप्पल भित्रतिर जान पनि सक्छ । निप्पल भएको हिस्सा वरिपरिको छाला रुखो हुनथाल्छ र बिमिरा पनि देखिन थाल्छ ।

निप्पल डिस्चार्ज : यदि तपाईंको शर्टमा कुनै गहिरो दाग देखिन्छ भने यसलाई बेवास्ता नगर्नुहोस् । यो निप्पल डिस्चार्जमा रगत पनि हुनसक्छ । निप्पल वरिपरिको छाला सुन्निनु र छाला निकै रुखो हुनेलगायतको समस्या देखिन थाल्छ ।

अन्य लक्षण : यी लक्षणसहित सधैंभरी थाकेको महसुस हुनु, हड्डी दुख्नु, सास फर्ने समस्या हुनु, बिरामी भएको जस्तो महसुस गर्नु र छाला चिलाउने लगायतका लक्षण पनि देखिन सक्छ । यदि तपाईंलाई यी लक्षणमध्ये केही देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

यस्ताे छ उपचार

स्तन क्यान्सरको उपचार पुरुष र महिला दुबैमा एकै प्रकारको हुन्छ । स्तन क्यान्सर हुँदा तीन प्रकारको उपचार गरिन्छ । पहिलो उपचारमा बिरामीको शल्यक्रिया गरेर छातीबाट गाँठो निकालिन्छ । दोस्रो तरिकामा बिरामीको किमोथेरापी गरिन्छ । यसमा औषधी मार्फत् क्यान्सरका कोसिकालाई नष्ट गरिन्छ ।

तेस्रो उपचार रेडिएशन थेरेपीमार्फत् गरिन्छ । यसमा हाई एनर्जी एक्स–रेज वा गामा–रेज रेडिएशनको माध्यमले क्यान्सरको उपचार गरिन्छ । डाक्टरका अनुसार हरेक व्यक्तिले यो थाहा पाउनुपर्छ कि महिलालाई मात्रै स्तन क्यान्सर हुँदैन । त्यसैले सबैले आफ्नो लक्षणमाथि ध्यान दिन आवश्यक छ ।

 

Comments

Back to top