यस्तो डरलाग्दो परम्परा : जहाँ संभावित बलात्कार बाट बच्न ढुंगा तताएर डामिन्छ युवतीकाे स्तन
बलात्कृत हुनु आफैमा पीडादायी क्षण हो । तर संसारमा यस्तो ठाँउ पनि छ जहाँका युवतीहरुले त्यो भन्दा पीडादायी क्षण भोगिरहेका छन् । बलात्कार रोक्न के गर्नुपर्छ ? यस्तो प्रश्न सोधियो भने एनजिओ, आइएनजिओले लामै प्रवचन दिन्छन् ।
तर यो ठाँउ जहाँ संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइन्छ । केहि अफ्रिकी जनजातिमा अझैं पनि यस्तो किसिमको परम्परा रहेको छ । यसलाई उनीहरुले प्रथाकै रुपमा विकास गरेका छन् ।
आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर डामिदिन्छन् ।
किशोरी वा बच्चीको स्तनमा रापिलो ढुंगाले डाम्दा कति पीडा हुन्छ होला ? तर, त्यो पीडा उनीहरुले आफुलाई बलात्कारवाट बचाउन यस्तो पीडा भोग्नैपर्ने हुन्छ ।
यी आदिवासीहरुमा के मान्यता रहेको छ भने छोरीको स्तन भयो भने केटाहरुले हेर्छन् वा बलात्कार गर्न सक्छन् । केवल यसैको कारण उनीहरुलाई यस्तो सजाँय दिइन्छ । यस सजाँयले केटीहरुको स्तन पुरुषहरुको जस्तै सपाट हुन्छ ।
Comments