भुलेर पनि नगर्नुहोस् सुत्ने कोठामा यी गल्तीहरु!

वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ ।

दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । जसमध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।

१. घरमा आएका पाहुनाहरुलाई अतिथी गृह या ड्राईङ रुममा नै राख्नु पर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुँदैन। यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ ईनर्जी आउँछ जसबाट पती पत्नीमा फाटो आउँछ ।

२. प्राय मनिसहरुलाई आफ्नै कोठमा वास बेसीन लगाउन मन पर्छ । तर यस्तो गर्नाले पति पत्नीबिच विश्वास कम हुँदै जान्छ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।

३. सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नीबचिको शान्ती भंग हुन्छ ।

४. सुत्ने कोठमा कहिल्यै पनि काँडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस् ।

५. बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ ।

६. बेडमुनी राख्न नहुने अर्को कुरा हो बिजुलीका उपकारणहरु । यी सामानहरु कहिल्यै पनि बेडमुनी राख्नुहुँदैन । यी सामानहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झडगा भईरहन्छ ।

Comments

Back to top