मिस्टर बिनः साधरण अनुहारका कारण सबैकाे मजाकको पात्र बने विश्व प्रशिद्ध!
रोवन एट्किन्सन लोकप्रिय अभिनेता र लेखक हुन् जो विश्वभर मिस्टर बिनको नामले चिनिन्छन् । उनको जन्म १९५५ जनवरी ६ मा इङ्गल्याडको काउन्टी डरहममा भएको थियो ।
बाल्यकालमा मिस्टर बिन लजालु किसिमका थिए र प्रायजसो भकभकाउने डिसअडर र साधारण अनुहारको कारण उनको साथीहरु उनको मजाक उडाउने गर्थे । उनले न्युक्यासल युनिर्भसिटिबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हुन् । मिस्टर बिनको IQ आइन्सटाइनको भन्दा धेरै छ भन्ने कुरा निकै कम व्यक्तिलाई थाहा छ ।
उनी थप पढाइको लागि अक्सफोर्ड युनिर्भसिटिको द क्विन्स कलेजमा गएका थिए । आफ्नो युनिर्भसिटिको दिनमा उनको चिनजान पटकथा लेखक रोर्बट कर्टिससँग भएको थियो । रोबर्ट कर्टिससँग मिलेर मिस्टर बिनले अक्सफोर्ड प्लेहाउसको लागि नाटक लेख्न सुरु गरेका थिए । यहि समयमा उनी अभिनय प्रति आर्कषित भएका थिए तर उनको भकभकाउने डिसअडरको कारण उनी बारम्बार रिजेक्ट भइराखे तर यसको कारण उनी हार मानेर भने बसेनन् र धेरै पटक प्रयास गरि नै रहे यसक्रममा उनले अभिनयको क्रममा भकभकाउने बानी हटेको महसुस गरे ।
उनको अरु पात्रको अभिनय गर्ने समयमा बोल्दा भकभकाउने समस्या हुँदैनथ्यो ।त्यसपछि उनि कमेडी ग्रुपमा सहभागी भएका थिए तर आफुले राम्रो अभिनय र पर्फमेन्स गर्न सके पनि उनी अनुहारको कारण फेरी पनि रिजेक्ट भई राखे यसले उनि निराश भएतापनि हार भने मानेनन् । अभिनय मन पर्ने कारण उनले प्रयास गर्न छोडेनन र १९७८ मा बिबिसि रेडीयो ३ मा उनले “ The Atkinson People ” भन्ने कार्यक्रममा रेडीयो कमेडी गर्न थाले र अर्को वर्ष उनले “Canned Laughter” मा One-of -a – kind Pilot पात्र बनि सिटकम गरेका थिए ।
सन् १९७९ मा उनले टेलिभिजन कमेडी स्केच “ Not The Nine O’ Clock ” मा काम गरेका थिए । सन् १९८३ मा उनले हिट सिरिज “ The Black Adder ” मा काम गरेका थिए । यो सिरिज दाेश्रो बेस्ट सिरिजको रुपमा भोट गरिएको छ भने २० औँ बेस्ट सो अफ अल टाइम पनि हो ।
उनको मिस्टर बिनको पात्रको यात्रा सन् १९९५ मा सुरु भएको थियो । एट्किन्सनले यो पात्र कलेजको समयमा नै बनाएका थिए र यो पात्र बनेर अभिनय गर्ने इच्छा त्यही समय देखि नै थियो । मिस्टर बिनको पाँच वर्षको कार्यकालको समयमा एट्किन्सन यस पात्रको कारण नेश्नल सेलिब्रेटि बनेका थिए ।
मिस्टर बिन दोब्बर हिट भयो र रोवन विश्वको प्रसिद्ध हास्यकार बने । विगतमा जुन कमि कमजोरीको कारण उनि रिजेक्ट भएका थिए त्यही गुणको कारणले गर्दा उनि विश्वभर लोकप्रिय र प्रसिद्ध बने ।
हामीले रोवन एट्किन्सन उर्फ र्मिर्स्टर बिनलाई यसरी चिन्नु जरुरी छ कि उनि मात्र मिस्टर बिन जस्तो पात्रको सृजना गर्ने इन्टेलिजेन्ट व्यत्ति होइनन् । उनि त्यो व्यत्ति हुन जसले हामीलाई देखाएका छन् कि हामी हाम्रो परिस्थिति भन्दा शक्तिशाली हुन्छौँ ।
हाम्रो जिवनमा मानिसहरुले हामीलाई विभिन्न कारणले निराश र रिजेक्ट गर्छन् तर हामी आफ्नो कमजोरीको कारण निराश भएर बस्ने कि परिस्थितिलाई परिवर्तन गरेर हाम्रो कमजोरीलाई फाइदामा बदल्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा हुन्छ ।
Comments