स्वतन्त्रता र सम्बन्धको प्रतिक ‘स्ट्याच्यु अफ लिबर्टी’ बारे रोचक तथ्य
अमेरिकाको न्युयोर्क हार्बरमा रहेको ‘स्टुयाच्यु अफ लिबर्टी’ विश्वकै चर्चित मुर्तिका रुपमा चिनिन्छ । एक सय ११ फिट अग्लो मुर्तिको अगाडि फोटो खिच्नेको भीड पनि लाग्ने गर्दछ । तर, यो मुर्ति पछाडिको तथ्य धेरैलाई थाहा न हुन सक्छ ।
अमेरिकाको केन्द्रमा रहेको ‘स्टुयाच्यु अफ लिबर्टी’ खासमा अमेरिकाले नभई फ्रान्सले निर्माण गरको हो । दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि अमेरिका र फ्रान्सका नागरिकले दान गरेको १ लाख दुई हजार अमेरिकी डलरमा निर्माण सुरु गरिएपनि निर्माण सकिंदा सम्म ५ लाख डलर पुगेको थियो । सन् १८८६मा निर्माण गरिएको यो मुर्तिको हातमा भने अमेरिका स्वतन्त्र भएको वर्ष अर्थात् १७७६ लेखिएको छ ।
महिलाले मसाल बोकिरहेको यो मुर्तिमा महिलाको अनुहार नभएर मुर्तिकारले आफ्नो आमाको अनुहार कोरेका थिए । ९ वर्ष लगाएर बनाइएको यो मुर्तिमा महिलाले बोकेको मसालमा २४ क्यारेटको शुद्ध सुन प्रयोग गरिएको छ । मुर्तिको खुट्टामा टुक्रिएको सिक्री राखिएको छ ।
धेरैले मुर्तिकारको सबैभन्दा ठूलो गल्तीको रुपमा बताएपनि खासमा बाँधिएको देशले स्वतन्त्र पाउँदै गरेको दृश्यको रुपमा यसलाई चित्रित गरिएको छ । ठूलै सुरक्षाका साथ विशाल मुर्तिलाई रेखदेख गरेको भएपनि हालसम्म यही मुर्तिबाट हामफालेर दुई जनाले आत्महत्या गरेका छन् ।
Comments