विज्ञापनमा देखाइने घडीको सुई किन १० बजेर १० मिनेटमै हुन्छ ?

प्रायः विज्ञापनहरुमा देखाइने घडीमा रहने घण्टा र मिनेटको सुई १० बजेर १० मिनेट जाने गरी मिलाइएको हुन्छ । आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको देखाइन्छ त ? यसका अनौठा कारणहरु छन् ।

१० बजेर १० मिनेटमा घडीका सुईहरु एक सन्तुलित स्थानमा हुन्छन् । मानिसहरु सन्तुलित चिज हेर्न मन पराउँदछन् । त्यसैले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन प्रायः १० बजेर १० मिनेट जाने गरी मिलाइने मनोवैज्ञानिकहरुको भनाई छ ।

त्यस्तै १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थामा हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको हुनसक्ने कत्तिको विश्लेषण छ ।

साथै घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँछ जुन विजय तथा जितको संकेत पनि हो ।

र, १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको अवस्थाले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन त्यसैले पनि विज्ञापनमा घडीमा १०ः१० बजाइएको हुनसक्ने अनुमान छ ।

Comments

Back to top