पोर्चुगल तथा रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोका जीवनीबारे केही तथ्य!

पोर्चुगल तथा रियाल मड्रिडका स्टार रोनाल्डो आधुनिक फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी हुन् । उनको जन्म ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको सहर फनचल, मेडिरामा भएको थियो । उनको खेल कौशल एकदमै गज्जबको छ । उनको जन्म आधुनिक फुटबललाई नयाँ उचाईमा पुर्याउनका लागि भएको हो भन्दा फरक नपर्ला । क्लब फुटबलमा एकदमै सफल रहेका रोनाल्डोको नेतृत्वमा पोर्चुगलले २०१६ को युरो कपको उपाधी हात पारेको थियो । जान्नुहोस् उनै फुटवलका बादशाह रोनाल्डोका खेल जीवनीबारे केही तथ्य ।

१. रक्सी, चुरोट र टाटु

रोनाल्डोका पिता जोसे डेनिस एभिरोको अत्याधिक रक्सी सेवनका कारण ५२ वर्षको उमेरमा निधन भएको थियो । पिताको कुलतका कारण उनको बाल्यकाल एकदमै दुखदपूर्ण रहेको थियो । आफ्नो बाल्यका दुखद भए पनि आफ्नो बच्चाको बाल्यकाल सुखद रहोस भनेर, उनले जीवनमा कहिले पनि रक्सी पिएनन् । त्यसैले उनी रक्सी र चुरोटको कुलतबाट टाढा छन् । कुलतमा लागेमा फुटबल खेल्ने क्षमतामा कमी आउने तर्क राख्छन् ।

आधुनिक युगका लगभग सबै फुटबलरको शरिरको कुनै न कुनै भागमा टाटु रहेको छ । तर रोनाल्डोले वर्षको २ पटक रगत दान गर्ने भएकाले शरिरमा टाटु नखोपेका हुन् ।

२. रोनाल्डो नाम कसरी रहन गयो ?

फुटबलका लागि ‘रोनाल्डो’ नाम अपरिचित हैन । विश्व विजेता ब्राजिलका खेलाडीको नाम पनि रोनाल्डो रहेको थियो । नाम पछाडिको इतिहास सधै एउटै हुँदैन । रोनाल्डोका पिताका मनपर्ने अभिनेता तथा अमेरिका ४० औं राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएर छोराको नाम रोनाल्डो राखेका थिए । रोनाल्डोको पूरा नाम ‘क्रिस्टियानो रोनाल्डो डोस् सान्तोस एभिरो’ हो ।

३. ११ वर्षमै अचम्का खेलाडी

स्पोट्रिङ लिस्वोनमा रहँदा रोनाल्डोको प्रतिभाबाट प्रभावित भएर प्रशिक्षकले भनेका थिए । ‘रोनाल्डोको खुट्टामा बल परेमा उनी सजिलै दुई वा तीन खेलाडीलाई आरामले छक्याउँछन् । हरेका खेल सकेपछि उनका साथी खेलाडीहरु उनको वरपर भेला हुन्थ्ये किन कि ति खेलाडीलाई लाग्थ्यो कि रोनाल्डोमा एक दिन विश्वको उत्कृष्ट खेलाडी हुने गुण छ ।’

उनी एक रातमै आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी भएका हैनन् । किशेर अवस्थामा उनी दुवै खुटामा वजन राखेर खेल्ने, छलाउने तथा प्रशिक्षण गर्ने गर्दथे । त्यस प्रकारको प्रशिक्षण गर्दा उनी वजन बिना पहिले भन्दा छिटो दौडिन सक्ने भए । 

४. स्थिर र छिटो

उनी दिनमा ३ हजार पल्ट सेटअप गर्छन् । उनले स्पेनका १०० मिटर दौडका च्याम्पियन डेभिड रोड्रिगेजलाई जिकज्याक दौडमा पराजित गरेका थिए । उनी व्यवसायिक एथ्लेक्स भन्दा पनि छिटो छन् । उनको शरिरको बनाबट कुनै मोडलको भन्दा कम छैन ।

५. एनबिए खेलाडीभन्दा माथि उफ्रने

उनी उफ्रन सक्छन् । त्यो गति भनेको संसारको सबैभन्दा छिटो जनवार चितुवाको भन्दा ५ गुणा बडी हो । बसेको ठाउँबाट उफ्रँदा उनको शरिको लम्बाई ४४ से.मि हुन्छ भने दौडेर उफ्रँदा उनले ७८ से.मि को उचाई छुन्छन् । यो उचाई औसत एनबिए खेलाडीको भन्दा धेरै हो । उनले प्रहार गर्ने फ्रिकिक ‘एपोलो ११’ अन्तरिक्ष यान भन्दा चार गुणा छिटो हुने गर्छ । यो जोक्स हैन, वैज्ञानिकले यसलाई पुष्टि गरिसकेका छन् ।

६. कमाई अमेरिकी राष्ट्रपति भन्दा धेरै

अमेरिकी राष्ट्रपतिले एक वर्षमा कमाउने पैसा रोनाल्डोले ६ दिन ९ घण्टा १७ मिनेट ५ सेकेन्डमा कमाउँछन् । उनी संसारकै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी हुन्, उनको हप्ताको कमाई २ लाख ७४ हजार पाउन्ड रहेको छ ।

Comments

Back to top