हेयर डाईको अत्यधिक प्रयोग गर्ने महिलाहरूमा क्यान्सरको जोखिम!
कपाल रङ्ग्याउने महिलाहरूमा अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले महिलाहरूमा क्यान्सरको जोखिम बढाउँछ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले हेयर डाईको अत्यधिक प्रयोग गर्ने महिलाहरूमा स्तन, छाला र गर्भाशयमा हुने क्यान्सरको जोखिम बढाउने देखाएको हो ।
बिएमजे जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार प्राकृतिक हेयर डाईले पनि क्यान्सर हुने खतरा रहन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को इन्टरनेसनल एजेन्सी फर रिसर्चका वैज्ञानिकहरूले क्यान्सरको जोखिम बढाउने चीजहरूमा हेयर डाईलाई पहिला नै समावेश गरिसकेका छन् ।
हेयर डाई र क्यान्सर जोखिमबीचको सम्बन्ध बुझ्नको लागि एक लाख १७ हजार दुई सय महिलाहरूमा अनुसन्धान गरिएको थियो । अध्ययनमा सहभागी जनाएका महिलाहरूमध्ये कुनैलाई पनि क्यान्सर नभए र कुनैमा पनि क्यान्सरको पारिवारिक इतिहास थिएन। अध्ययनका लागि ती महिलाहरूलाई ३६ वर्षसम्म ट्र्याक गरेपछि परिणामहरू जारी गरिएको थियो ।
हेयर डाईमा हुने अमोनिया, पेरोक्साइड, फेनिलेनेडायमाइन, डाइअमीनोबेंजीन, टाउलिन– २, ५–डाइअमीनलगायतका रसायनहरू एकदम खतरनाक हुन्छन् । क्यान्सरको वेबसाइट क्यान्सरडट ओर्गका अनुसार हेयर डाईमा प्रयोग हुने केही केमिकलहरू टाउकोको छालाको माध्यमबाट वा यसको गन्ध सासको माध्यमले शरीरमा पुग्छन् । जुन खतरनाक हुन्छ ।
हेयर डाईको अत्याधिक प्रयोग गर्ने महिलाहरूबाहेक बारम्बार डाई लगाउने हेयरड्रेसर, स्टाइलिस्ट, पार्लर तथा सलुनमा काम गर्ने मानिसहरू पनि जोखिममा हुने अध्ययनले देखाएको हो ।
Comments