ब्युटी एण्ड फेसनः गर्मीमा यी रङ्गका लिपस्टिकको प्रयोगले दिन्छ स्टाइलिस लुक
पहिरनका साथसाथै मेकअप पनि यस्तो महत्त्वपूर्ण कुरा हो जुन मौसम अनुसार परिवर्तन हुन्छ। गर्मी सिजनमा मेकअप धेरै समय टिक्न नसक्दा समस्या हुन्छ । लिपस्टिक मेकअपको सबैभन्दा महत्त्वपूर्ण उत्पादन हो जसको बिना लुक अधुरो देखिन्छ र सहि रङको छनोटले सुन्दर्तामा थप निखारता दिन्छ ।
तपाईँको आफ्नो मेकअप सङ्ग्रहमा यी रङ्गहरू समावेश गर्न सक्नुहुन्छ ।
पिच रङ्ग
पिच रङ्ग लगभग सबै युवतीहरूलाई मन पर्छ। गर्मी मौसममा यो रङ्गको लिपस्टिक लगाउनाले अनुहारमा चमक आउँछ । गाढा रङ्गको लुगामा यस रङ्गको लिपस्टिक लगाउन सक्नुहुन्छ।
न्यूड रङ्ग
न्यूड रङ्ग आजकल चलन मा छ। यदि तपाईँ मेटालिक आउट फिटमा तयार हुनुहुन्छ भने, यो रङ्गको लिपस्टिक पक्कै लगाउनुहोस्। यो रङ्ग धेरै उत्कृष्ट र सुरुचिपूर्ण देखिन्छ।
ब्राउन रङ्ग
हरेक छालाका केटीहरूले यो रङ्गको लिपस्टिक लगाउन सक्छन्। एक समय थियो जब सबैले यसलाई लगाउन मन पराउँदैन थिए। तर, आजको समयमा यो रङ्ग सबैलाई मन पर्छ।
प्लम रङ्ग
प्लम कलर अफिसलाई परफेक्ट बनाउन उपयुक्त हुन्छ। यसलाई तपाईँले जुनसुकै कपडासँग प्रयोग गर्न सक्नुहुन्छ।
पिंक रङ्ग
गुलाबी रङ्गको लिपस्टिक सबै उमेरका महिलाले लगाउन सक्छन्। यसलाई लागू गर्नाले तपाईँको अनुहारको चमक पनि उल्लेखनीय रूपमा बढ्नेछ।
Comments