पञ्जाबका १४ जिल्ला बाढीकाे चपेटामा, २२ हजारभन्दा बढी मानिस घरबार छाड्न बाध्य

पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । 

सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् । 

हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, फरीदकोट, होशियारपुर, रूपनगर, मोगा, लुधियाना, मोहाली र संगरूर समावेश छन्। 

प्रदेश सरकारका प्रवक्ताका अनुसार बाढी प्रभावित २ हजार ७६४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही क्षेत्रमा बाढीको स्थितिमा सुधार आएपछि राहत शिविरको संख्या १८३ बाट घटाएर १६१ पुगेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य विभागले र्‍यापिड रेस्पोन्स टोलीको संख्या ३१५ बाट ४०९ पु¥याएको छ भने मेडिकल शिविरको संख्या पनि १८६ बाट २५२ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्नका प्याकेटहरू निरन्तर वितरण भइरहेका छन् । हालसम्म पटियाला (३७ हजार) र रुपनगरमा (१८९३०) गरी ५७ हजारभन्दा बढी खानाका प्याकेट वितरण भइसकेका छन् ।

Comments

Back to top