तत्काल गठबन्धन सरकार परिवर्तन हुँदैनः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन् ।
संसदीय दलमा आवाश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाएका महामन्त्री थापाले आफु उपयुक्त समय कुरिरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको पनि जनाएका छन् ।
यसैगरी, नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढने बारेमा निर्णय लिने पनि उनले जानकारी दिएका छन् ।
कोशी सरकार निर्माणको बिषयमा भएको बिबादका बारेमा तत्कालै कुनै प्रतिक्रिया नदिएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने भने जनाएका छन् ।
केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनाका बारेमा थप गहन छलफल हुने उनको भनाई छ।
Comments