एकल ग्यास बर्नर चुलोबाट दमको जोखिम!
उच्च आगोमा प्रयोग गरिने एकल ग्यास बर्नर चुलोबाट ठूलो मात्रामा बेन्जिन रसायन निस्कन्छ। बेन्जिन दम लगायत धेरै खतरनाक रोगहरूको कारण बन्न सक्छ। सामान्यतया घरमा खाना पकाउन प्रयोग गरिने ग्यास चुलोले दम लगायतका धेरै रोगलाई जन्म दिन्छ । अमेरिकामा गरिएको अनुसन्धानले यस्तो दाबी गरेको हो ।
स्ट्यानफोर्डका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनमा यी चुलोबाट निस्कने हानिकारक ग्याँसले श्वासप्रश्वाससम्बन्धी रोगहरू बाहेक अन्य खतरनाक रोगहरू पनि निम्त्याउन सक्ने खुलासा भएको छ। यसमा ल्युकेमिया र लिम्फोमा जस्ता क्यान्सर समेत समावेश छन्। यदि चुलोको एउटै होब ४५ मिनेटसम्म खुला राखियो भने यसले बेन्जिनको स्तर यति बढाउँछ कि यसको प्रभाव चुरोट पिउनेहररुको छेउमा उभिनुभन्दा पनि खतरनाक हुन सक्छ।
बेन्जिनको हानिकारक प्रभाव
यो अध्ययनमा चुलोबाट निस्कने बेन्जिन ग्यासलाई निकै हानिकारक मानिएको छ । यो भान्साकोठामा मात्र सिमित नभई बिस्तारै घरभरि फैलिदै गएर अन्य कोठामा बस्ने मानिसलाई पनि हानि पु¥याउन सक्छ । उदाहरणका लागि, चुलो बन्द गरेपछि पनि खतरनाक मात्रामा बेन्जिन घन्टौंसम्म हावामा रहन्छ।
यसबाट हुने प्रदूषणलाई तेल वा ग्यास प्लान्टको नजिकैको क्षेत्रमा हुने प्रदूषणसँग तुलना गर्न सकिन्छ र यो विद्युतीय चुलोभन्दा १० देखि २५ प्रतिशत बढी हुन्छ । इन्डक्सन स्टोभबाट यति मात्रामा बेन्जिन निस्कने कुनै प्रमाण नभएको अनुसन्धानकर्ताहरूको दाबी छ। यो अनुसन्धानका लागि २०२२ मा क्यालिफोर्निया र कोलोराडोका ८७ घरमा ग्यास र प्रोपेन चुलोको अध्ययन गरिएको थियो।
३० प्रतिशत भान्साकोठामा उच्च स्थानमा प्रयोग हुने एउटै ग्यास चुलोबाट यति धेरै बेन्जिन निस्कने गरेको पाइएको छ कि चुरोट पिउने व्यक्तिको छेउमा उभिएर धुवाँ निस्कनेभन्दा पनि हानिकारक हुन्छ । यो अमेरिकाको ुवातावरण संरक्षण एजेन्सीु ९भ्एब्० र विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डभन्दा धेरै हो । यो शोधपत्र ‘पर्यावरण विज्ञान तथा प्रविधि’ जर्नलमा प्रकाशित भएको छ ।
अमेरिकामा साना बालबालिकाहरूमा दमका केसहरू मध्ये १३ प्रतिशत केश घरको ग्यास चुलोसँग जोडिएको थियो। स्वास्थ्यका लागि मात्र होइन ग्यास चुलो जलवायुका लागि पनि खतरा हो ।
स्ट्यानफोर्डले यसअघि एउटा अध्ययनमा भनेको थियो ग्यास चुलो बन्द हुँदा पनि मिथेन र अन्य हानिकारक ग्याँसहरू चुहिरहन्छ । मिथेन एउटा शक्तिशाली हरितगृह ग्यास हो जसले जलवायु परिवर्तनमा योगदान पुर्याउँछ।
यो अनुसन्धान प्रतिवेदन लेख्ने रोब ज्याक्सनले भने, ‘घरमा राम्रो भेन्टिलेसनले प्रदूषकको मात्रा घटाउन मद्दत गर्छ, तर बेन्जिनको मात्रा घटाउन एक्जस्ट फ्यानहरू खासै प्रभावकारी साबित भएका छैनन्।’
सन् २०१३ को मेटा-विश्लेषणले ग्यास चुलो नभएका घरमा बस्ने बालबालिकाको तुलनामा ग्यास चुलो भएक घरमा बस्ने बालबालिकामा दमको जोखिम ४२ प्रतिशत बढी रहेको पाइएको थियो। यसैगरी २०२२ को एक विश्लेषणले अमेरिकामा लगभग १२।७ प्रतिशत बालबालिकामा दमको कारण ग्यास चुलो नै भएको खुलासा गरेको छ।
रोयटर्स
Comments