दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा
दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । दक्षिण कोरिया र उत्तर कोरिया दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन् ।
नेता किमको आह्वानको जवाफमा सोल र वाशिङ्गटनले सुरक्षा सहयोगलाई बढाएका छन् । यदि प्योङयाङले अमेरिका र उसका सहयोगीहरूविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ ।
यसैबीच उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । ब्यालेस्टिक क्षेप्यास्त्रलाई उचाइमा प्रक्षेपण गरिएको थियो र पूर्वी सागरमा खस्नु अघि एक हजार किलोमिटर उडेको थियो ।
यता संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ ।
Comments