निरन्तर वर्षाका कारण यमुना नदीको जलसतह बढ्दै, दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो
यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्।
अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्।
रोयटर्स समाचार संस्थाका अनुसार बुधवार दिल्लीमा यमुना नदीको किनारमा रहेका छाप्रामा बस्ने मानिसहरू सहरमा स्थापना गरिएका २,५०० शिविरमध्ये केहीमा सरेका थिए।
भारतले पछिल्ला वर्षहरूमा बढ्दो रूपमा चरम मौसमको अनुभूति गरेको छ। उत्तर भारतका अधिकांश क्षेत्रमा चरम गर्मीको लहर महसुस गरिएको केही साता पछि लगातार वर्षा भएको छ।
Comments