लिथुआनियामा नेटो समिट हुँदै गर्दा उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

लिथुआनियाको राजधानीमा भएको अमेरिकी तथा युरोपेली ३१ देशहरूको सैन्य संगठन नेटोको बैठक बसिरहँदा उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ ।

परीक्षणबारे उत्तर कोरियाले कुनै सार्वजनिक प्रस्टीकरण दिएको छैन । तर, दक्षिण कोरिया र जापानले भने परीक्षणका पुष्टि गरेका छन् ।

जापानको तर्फबाट जापानी कोस्ट गार्डले कोरियाली प्रायद्विप भन्दा ५५० किलोमिटर पूर्वतर्फ मिसाइल हानिएको बताएको छ ।

मिसाइलले ६ हजार किलोमिटरको उचाइबाट एक हजार किलोमिटरको दूरी पार गरेर ७५ मिनेट उडेको बताइएको छ ।

पछिल्लो समयमा अमेरिकाले उत्तर कोरियाली सीमा क्षेत्रमा हवाइगस्त बढाएकोमा उत्तर कोरिया असन्तुष्ट भएको थियो ।

त्यसैको प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी नेतृत्वको नेटो सम्मेलन हुँदै गर्दा मिसाइल परीक्षण गरेको धेरैले अनुमान गरेका छन्।

Comments

Back to top