पाकिस्तानी निर्वाचन आयोगद्वारा इमरान खानविरुद्ध वारेन्ट जारी
पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ । इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ ।
इसीपीले गत वर्ष पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमूख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध “अभद्र” भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो। त्यसैको लागि उनी विरूद्ध वारेन्ट जारी भएकाे हाे ।
खान र चौधरी विरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो, जब पीटीआईका दुई नेताहरू धेरै चेतावनीका बाबजुद पनि मंगलबार उपस्थित भएका थिएनन्।
निर्वाचन आयोगले अनुरोध स्वीकार गर्दै वकिललाई यस सम्बन्धमा औपचारिक निवेदन पेश गर्न निर्देशन दिए पनि खान र चौधरीविरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गर्दै सुनुवाइ २५ जुलाईसम्मका लागि स्थगित गरेको छ ।
Comments