नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद, छलफल जारी

स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाइ सबै देशको सहमति मिलेकाे छ तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ ।

नाटोको नजर युक्रेनको दावीमा अड्किएको छ तर मतभेदका कारण अहिले सदस्य बन्न उसलाइ गाह्रो देखिएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाइ प्रवेश नदिने नाटोको याेजनलाइ ‘बेतुक’ भनेका छन् ।

यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन (NATO) का महासचिव जेन्स स्टोल्टेनबर्गले भने कि युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउनेछ। ‘गठबन्धनका नेताहरूले रुसी आक्रमणको नतिजाबारे छलफल गर्न सँगै भेला हुनेछन्। किभले थप सैन्य सहायता प्राप्त गर्नेछ र गठबन्धनसँग सहकार्यको नयाँ ढाँचामा सामेल हुन औपचारिक सर्तहरू सहज बनाइनेछ,’ स्टोल्टेनबर्गले भने।

Comments

Back to top