थाइल्यान्डका प्रधानमन्त्री प्रयुथले गरे राजनीतिबाट सन्यास लिने घाेषणा
थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान-ओ-चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने निर्णय गरेका छन् । उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन्
थाइल्याण्डको संसदले मे महिनामा भएकाे चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई सैन्य समर्थन अस्वीकार गर्दै अाएका छन् ।
‘कू’ पछि थाइल्याण्डमा प्रभुत्व जमाउने थाइल्याण्डको सेना समर्थित अभिजात वर्गलाई मेको आम चुनावमा मतदाताहरूले नराम्राेसँग चाेट दिएका थिए, जसले देशमा चलिरहेको रूढीवादी गुटहरूप्रति वर्षौंदेखि बढ्दो असन्तुष्टिको अन्त्य गर्यो।
नयाँ सरकार नबनेसम्म प्रयुथ प्रधानमन्त्रीको पदमा उनी रहनेछन् । बढ्दो अधिनायकवाद र असमानताले सैन्य विद्रोहको नेतृत्व गरेपछि पूर्व जनरलको प्रधानमन्त्रीको कार्यकाललाई नाेक्सान हुन पुगेकाे थियाे । २०२० मा प्रयुथलाई हटाउन माग गर्दै युवाहरूले राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका थिए, जसमा लाखाैँ सडकमा देखिएका थिए।
Comments